आइपिएलको उपाधि नजिक बैंगलोर, नौ वर्षपछि फाइनलमा

बिहिबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

रोयल च्यालेन्जर्स बैंगलोर(आरसिबी) इन्डियन प्रिमियर लिग(आइपिएल)को फाइनलमा पुगेको छ। बिहीबार भएको क्वालिफायर खेलमा पञ्जाबलाई हराउँदै आरसिबी उपाधि नजिक पुगेको हो। 

बलिङ र ब्याटीङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको बैंगलोरले पञ्जाबलाई ८ विकेटले पराजित गरेको हो। सुरुमा ब्याटीङ गरेको पञ्जाब १०१ रनमा अलआउट हुन पुगेको थियो। बैंगलोरले १० ओभरमै सहजै लक्ष्य पुरा गरेको हो । 

बैंगलोर तीन पटक आइपिएलको फाइनलमा पुगेपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । पछिल्लोपटक सन् २०१६ मा आरसिबी फाइनलमा पुगेकोमा हैदराबादसँग ८ रनले पराजित भएको थियो। त्यस्तै, २००९ र २०११ मा पनि फानलमा पुगेर पराजित भएको थियो । 

आइपिएलको प्लेअफमा अब शुक्रबार गुजरात र मुम्बईबिच एलिमिनेटर खेल हुँदैछ। सो खेलमा विजयी टिमसँग पञ्जाबले दोस्रो क्वालिफायर खेल्नेछ । 

See More On

सुझावित समाचार