नीति तथा कार्यक्रम एमालेमय भयो : कांग्रेस सहमहामन्त्री परियार

शनिबार, २० बैशाख, २०८२
डिजिटल संस्करण

कांग्रेस सहमहामन्त्री जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम एमालेमय भएको गुनासो गरेका छन्।

शनिबार बसेको संसदीय दलको बैठकमा सांसद परियारले कांग्रेसले प्रस्ताव गरेका र अघि सारेका परियोजना नसमेटिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

‘नीति तथा कार्यक्रममा एमालेको समृद्ध नेपाल सुखी नेपाली नारा बोकियो। यो एमालेको नीति कार्यक्रमजस्तो भयो,’ परियारले भने, ‘कांग्रेसले अपनत्व लिने खालको नीति कार्यक्रम बनेन।’

सहमहामन्त्री परियारले एमालेका मन्त्रीहरूले कांग्रेसलाई पूर्ण रूपमा ‘इग्नोर’ गरेको गुनासो पनि राखेका थिए।

‘एमालेका मन्त्रीहरूसँग समन्वय छैन। उनीहरूले कांग्रेसलाई अनदेखा गरेका छन्। राजनीतिक नियुक्तिमा पार्टीलाई धेरै अप्ठ्यारो पारेको छ। सरकारका सबै मन्त्रीहरू राखेर बैठक राख्नुपर्छ,’ उनले भने।

सुझावित समाचार