‘कंगोमा बालबालिकामाथि बढ्दो यौन हिंसा’

आइतबार, ३० चैत, २०८१
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटना डरलाग्दो रूपमा बढिरहेको जनाएको छ ।

सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा भएको तीव्र द्वन्द्वको समयमा औसतमा हरेक ३० मिनेटमा एक बालबालिका यौन हिंसाको सिकार भएको रिपोर्ट गरिएको युनिसेफले जनाएको छ ।

उक्त अवधिमा झन्डै १० हजार यौन हिंसासम्बन्धी घटना संकलन गरिएका छन्, जसमा ३५ देखि ४५ प्रतिशत पीडित बालबालिका रहेको युनिसेफका प्रवक्ता जेम्स एल्डरले जानकारी दिए ।

एल्डरले भने, ‘हामी छुट्टाछुट्टै घटनाको कुरा गरिरहेका छैनौँ । यो त गम्भीर मानव अधिकार संकट हो । कतिपय पीडित निकै साना बालबालिका हुन् । यौन हिंसालाई युद्धको हतियार र त्रास सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गरिएको देखिन्छ । यसले परिवार र समुदायमा गहिरो असर पारिरहेको छ ।’

सुझावित समाचार