सन् १९१९ : बेलायती सेनाबाट भारतका ४०० निहत्था गैरसैनिकको आमहत्या । बिग्रेडियर जनरल रेगिनाल्ड डायरले ‘अवज्ञाका लागि भारतीयलाई दण्डित गर्न’ अमृतसरको जलियानवाला वागमा जम्मा भएका मानिसमाथि अन्धाधुन्ध गोलाबारी गर्न आदेश दिएका थिए । यस हत्याकाण्डपछि भारतीय स्वतन्त्रता संग्राम थप चर्किंदै गयो ।
सन् १९६० : विश्वको पहिलो स्याटेलाइट नेभिगेसन प्रणाली प्रक्षेपण । पृथ्वीको कक्षमा पठाइएको यो नै पहिलो नेभिगेसन स्याटेलाइट थियो ।
सन् १९६१ : दक्षिण अफ्रिकामा विद्यमान रंगभेदलाई लिएर संयुक्त राष्ट्र संघको महासभाद्वारा अफ्रिकाको निन्दा ।
सन् १९७० : अन्तरिक्षयान एपोलो–१३ मा एक अक्सिजन ट्यांकी विस्फोट । विस्फोटबिच चालक दलका सदस्य सुरक्षित रूपमा पृथ्वीमा फर्कन सफल भएका थिए ।
सन् १९७९ : विश्वकै लामो डबल टेबल टेनिस प्रतिस्पर्धा १०१ घण्टापछि समाप्त ।