सबैलाई पर्छ ट्रम्पको व्यापार युद्धको चोट

अमेरिकाका धेरै परम्परागत सहयोगीसहित कुनै पनि देश १० प्रतिशतको आधारभूत भन्सार करबाट बच्न सकेनन्

शुक्रबार, २१ चैत, २०८१
डिजिटल संस्करण

केहीअघिसम्म पश्चिमका धेरै मानिसले ‘ट्यारिफ’ (भन्सार कर) भन्ने शब्द नै सुनेका थिएनन् । तर, अप्रिल २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष टेलिभिजन प्रसारणमा विश्वभरका लगभग सबै देशमाथि लगाइने भन्सार करको दर घोषणा गरे । उनले यसलाई अमेरिकी व्यापारका लागि ‘मुक्ति दिवस’का रूपमा व्याख्या गरे । 

ट्रम्पको घोषणाअनुसार अब संयुक्त राज्य अमेरिकामा आयात हुने सबै देशका सामानमाथि कम्तीमा १० प्रतिशतका दरले भन्सार लाग्नेछ । अमेरिकाको ‘युएस कस्टम एन्ड बोर्डर प्रोटेक्सन’ नामक निकायले यी अतिरिक्त कर रकम उठाउनेछ । आधारभूत दरको यो १० प्रतिशत कर अप्रिल ५ देखि लागू हुने अपेक्षा गरिएको छ भने देशअनुसार लगाइएको रेसिप्रोकल कर भने अप्रिल ९ देखि कार्यान्वयनमा जाने बताइएको छ । तत्काल लागू हुने भएकाले व्यवसायीले आफ्नो आपूर्ति शृंखला समायोजन गर्ने समयसमेत पाएका छैनन् । ट्रम्पको भन्सार वृद्धिविरुद्ध बाँकी देशले प्रतिशोध लिने पक्का छ । धेरै देशले अमेरिकी उत्पादनमाथि आफ्नै भन्सार र व्यापारिक जरिवाना लागू गर्ने तयारी गरिसकेका छन् । यी सब गतिविधिले जोखिम ल्याउँदै छन् । 

सम्पूर्ण विश्वमाथि भन्सार कर 
आजको ‘आधारभूत’ करबाट कुनै पनि देश बच्न सकेनन् । अमेरिकाका अधिकांश परम्परागत सहयोगीसमेत यसमा समावेश छन् । ४६ प्रतिशत भन्सार कर तोकिएको भियतनाम सबैभन्दा बढी प्रभावित हुने मुलुक बन्नेछ । चीन, दक्षिण कोरिया र जापानले पनि ट्रम्पको यस नयाँ घोषणाको मार भोग्नेछन् । ती देशबाट अमेरिका भित्रिने आयातमामा २४ देखि ३४ प्रतिशत कर तोकिएको छ । युरोपेली संघबाट अमेरिका आयत हुने उत्पादनमा २० प्रतिशत कर लगाइएको छ । ट्रम्पको घोषणापछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अमेरिकी कदमविरुद्ध सबै कदम बहसमा रहेको बताइन् । उनले युरोपेली संघकाले एकल बजारले यसका सदस्यलाई ‘सुरक्षित संरक्षित’ दिनेमा जोड दिइन् । छिमेकी क्यानडा भने आधारभूत १० प्रतिशत भन्सार करबाट बचेको देखिन्छ । तर, उसका सवारीसाधन र अन्य क्षेत्रमाथि यसअघि नै २५ प्रतिशत भन्सार कर लागिसकेको छ । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले प्रतिशोधको सन्दर्भमा ‘कुनै पनि कदम विकल्पबाहिर नरहेको’ बताए । 

चीनमाथि घोषणा गरिएको ३४ प्रतिशतको भन्सार करले विश्वका दुई ठुला अर्थतन्त्रबिच पहिले नै बिग्रिएको सम्बन्धलाई थप खराब बनाउने काम गर्नेछ । पछिल्लो समय भियतनामको अमेरिकी बजारमाथिको निर्भरता बढ्दै गएको थियो । तर, अहिले ट्रम्पले उसैमाथि ४६  प्रतिशतको उच्च कर लगाइदिएका छन् । अल्पविकसित कम्बोडिया (४९ प्रतिशत कर) र म्यानमार (४४ प्रतिशत कर) मा पनि ठुलो भन्सार तोकिएको छ ।

सबैभन्दा बढी कर लाग्नेमा एसियाली देश धेरै
चीनमाथि घोषणा गरिएको ३४ प्रतिशतको भन्सार करले विश्वका दुई ठूला अर्थतन्त्रबिच पहिले नै बिग्रिएको सम्बन्धलाई थप खराब बनाउने काम गर्नेछ । पछिल्लो समय भियतनामको अमेरिकी बजारमाथिको निर्भरता बढ्दै गएको देखिन्छ । उसले आफूमाथि भन्सार कर घटाउन भित्री रूपमा ट्रम्प प्रशासनसँग वार्ता गरिरहेको छ । ट्रम्पलाई खुसी बनाउन उसले अमेरिकाबाट निर्वासित भियतनामी नागरिकलाई स्वीकार गर्ने अभूतपूर्व सम्झौतामा सहमति जनाएको छ । विगतको अमेरिका–चीनबिचको व्यापार युद्धको फाइदा भियतनामले उठाइरहेको थियो । तर, वार्ताबाट उसमाथि लागेको ४६ प्रतिशत भन्सार घटाइएन भने अमेरिका–चीनसँग तनावबाट उसले उठाएको फाइदा गुम्नेछ । विशाल कर तोकिएका देश भियतनाम मात्र होइन । कम आर्थिक रूपमा अल्पविकसित कम्बोडिया (४९ प्रतिशत कर) र म्यानमार (४४ प्रतिशत कर) मा पनि ठुलो भन्सार तोकिएको छ ।

आर्थिक रूपमा कमजोर देशसँग जवाफी कदम चाल्ने विकल्प नहुन सक्छ । स्रोतहरूमा असमानता हेर्दा कम्बोडिया वा म्यानमारले अमेरिकाविरुद्ध कुनै कदम चाल्न सक्दैनन् । सामथ्र्यवान् देशमध्ये पनि केही अमेरिकी कदमविरुद्ध कुनै कदम उठाउन लायक नरहेको मान्नेहरू पनि छन् । उदाहरणका लागि, अस्ट्रेलियाले टिट–फर–ट्याट रणनीति प्रभावकारी भए–नभएको विषयमा प्रश्न गर्नु ठिक छ वा यसले समस्यालाई थप बढाउनेछ । 

अमेरिकी भन्सार वृद्धिको सन्दर्भमा रडारमुनि रहेको एक देश हो, रुस । अमेरिका र रुसबिचको दुईतर्फी व्यापारको परिणाम सानो छ । भएको व्यापारमा पनि अहिले विभिन्न प्रतिबन्धहरू लागू छन् । तर, अमेरिकी मिडियाका अनुसार ट्रम्पले रुससँग भविष्यमा व्यापारिक सम्बन्ध विस्तार गर्न चाहेका छन् ।
ट्रम्पका घोषणाहरूको एउटा रोचक साइड इफेक्ट व्यापार विज्ञहरूले अनलाइनमार्फत गरिने साना प्याकेजसँग सम्बन्धित छ । सामान्यतया, विदेशबाट अनलाइनमार्फत साना सामान खरिद गर्नेले यसअघि आयात कर तिर्नुपर्दैनथ्यो ।

ट्रम्पले फेब्रुअरीमा यसमा रहेको ‘लुपहोल(छिद्र)’ बन्द गरिदिए । अब, ससना सामानमा पनि अमेरिका आयात हँुदा भन्सार शुल्क लाग्नेछ । यो परिवर्तनले अनलाइन किनमेल गर्नेहरूका लागि दुःस्वप्न निम्त्याउनेछ । किनकि प्रत्येक घन्टा लगभग एक लाख साना पार्सल विदेशबाट अमेरिका भित्रिन्छन् । ती प्रत्येक सामान खोलेर तीमाथि लाग्ने अमेरिकी भन्सार हिसाब गर्नुपर्ने हुनेछ । 

अमेरिकी सामानको बहिष्कार र प्रतिशोध
ट्रम्पको कदमपछि विश्वका विभिन्न भागमा अमेरिकी उत्पादनको प्रयोगीविरुद्ध अभियान सुरु हुन सक्छ । क्यानडामा ‘एल्बो अप’ नामको अभियान सुरु भइसकेको छ । ट्रम्पको आगमनपछि उनको प्रशासनको व्यापार, वातावरण संरक्षण, लैगिक अधिकार आदि विरोधी नीतिका कारण सम्पन्न देशका उपभोक्ताले पहिले नै अमेरिकी उत्पादन बहिष्कार गर्न थालेका थिए । तथापि, यसको असर भने अमेरिकालाई मात्रै नभई स्थानीय व्यवसायलाई पनि पर्नेछ । जस्तो, उपभोक्ताहरूले अमेरिकी फास्ट फुड आउटलेट बहिष्कार गर्नाले तिनको स्वास्थ्यमा सकारात्मक सुधार होला त ! तर, यसले स्थानीय फ्रान्चाइजका मालिकको व्यापारलाई पनि असर गर्नेछ । अमेरिकीहरूप्रतिको सामूहिक घृणाले पनि त्यति सकारात्मक प्रभाव पार्नेछैन । धेरै अमेरिकी नागरिक आफैँ नै ट्रम्पका पछिल्ला कदमप्रति दुःखी छन् ।

उपभोक्तामाथिको भार 
ट्रम्पले उनका यस कदमलाई जितको रूपमा दाबी गर्नेछन् । ट्रम्पले यसअघि गत वर्षको सुरुवातमा गरेको अघिल्लो भन्सार कर वृद्धिपछि अमेरिकी व्यापार घाटा झन् बढेको थियो । आयातकर्ताले मूल्य बढ्ने भनेर तोकिएको दिनअघि तिनको गोदाम भरेका यो वृद्धि देखिएको हो । तर, यसपटक त्यस्तो हुने सम्भावना छैन । किनभने, भन्सार केवल तीन दिनपछि नै लागू हुँदै छ । छोटो अवधिमा, आयात सामान्यमा फर्कियो भने मासिक व्यापार घाटा घट्नेछ । यसैलाई देखाएर ट्रम्पले उनको कदमले काम गरेको दाबी गर्न सक्छन् । 

तर, यी भन्सार वृद्धिले साधारण अमेरिकीलाई भने सघाउनुको सट्टा हानि पु¥याउनेछ । कपडाजस्ता दैनिक उपभोग्य सामान (जुन अहिले भियतनाम, कम्बोडिया र चीनजस्ता देशबाट आयात हँुदै आएको थियो) मूल्य पहिलेको भन्दा धेरै बढी हुन सक्छ । हाल २० डलरमा आउने टी–शर्टको मूल्य भन्सार बढेपछि लगभग ३० डलरसम्म पुग्नेछ । यसमा अझ अमेरिकी बिक्री कर लाग्नेछ । ट्रम्पले विगतमा सञ्चालन गर्ने रियालिटी टिभी सोको शैलीमा लागू गरिएको भन्सार वृद्धिले संसारलाई अस्थिर बनाउने निश्चित छ ।
(द कन्भर्सेसनबाट)

सुझावित समाचार