स्टेजमा टियर ग्यास हानेको भिडियो डिपफेक : प्रहरी

बुधबार, १९ चैत, २०८१
डिजिटल संस्करण

गत शुक्रबार तीनकुनेमा भएको राजावादी आन्दोलनको मञ्चमा टियर ग्यास हानेको भिडियो सक्कली नभएको प्रहरीले स्पष्टीकरण दिएको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यले उक्त भिडियो डिपफेक प्रविधि प्रयोग गरेर बनाइएको बताएका हुन्।

प्रहरीले बल प्रयोग गर्दा अवस्था बिग्रिएको भन्ने आरोपको खण्डन गर्दै उनले भने, ‘प्रहरीले वास्तवमा सुरु गरेकै होइन। उहाँहरूले कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै हो। त्यसमाथि राष्ट्रिय गान बजेकै छैन। त्यो डिपफेक भिडियो हो। त्यहाँ कार्यक्रम नै सुरु भएको छैन, राष्ट्रिय गान कसरी बज्छ?’

१५ चैतको राजावादी आन्दोलनका लागि बनाइएको मञ्चमा टियर ग्यास हानेको भिडियो क्लिपहरू सामाजिक संजालमा भाइरल बनेका छन्।

ती भिडियो डिपफेक रहेको स्पष्ट पार्दै डिआइजी आचार्यले मञ्चमै टियर ग्यास नहाने पनि अर्को ठाउँमा हानेको ग्यास मञ्चतिर पुगेको हुन सक्ने स्वीकार गरे। उनले भने, ‘टियर ग्यास एक ठाउँबाट अर्को ठाउँमा पुग्छ। हान्ने वेलामा कहिले एंगल मिल्दैन, हतारमा भागिरहेको होला, ढुंगा लागिरहेको होला।’

सुझावित समाचार