‘घरघरमा पाइपबाट ग्यास पुर्‍याउने काम कहाँ पुग्यो ?’

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले घरघरमा पाइपबाट ग्यास पुर्याउने काम कहाँ पुग्यो ? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुरो मात्र गर्ने सरकारले बिजुलीको चुलो घरघरमा पुर्याउन लागेको व्यक्तिलाई कारबाही गर्न तम्तयार रहेको आरोप लगाए ।

उनले अहिलेको सरकार कमिसनखोरी व्यापारीको पक्षमा रहेको उल्लेख गरे । उनले सरकार कमिसन बढाउनुपर्यो भन्दै व्यापारी खोज्दै हिँडेको आरोप लगाए । 
उनले पूर्वअखिलका नेतालाई लक्षित गर्दै भने, ‘एक रुपैयाँको तेलको मूल्य बढ्दा बानेश्वरमा टायर बाल्ने अखिलका दाइहरू यतिविधि मूल्यवृद्धि हुँदा किन चुप हुनुहुन्छ ?’

सुझावित समाचार