ग्यास उद्योगीको कमिसन प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाइने

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण
ग्यास उद्योगीको कमिसन प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाइने

फाइल तस्बिर : नयाँ पत्रिका

प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमतिपछि एलपी ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन् । सरकारसँग पाँचबुँदे सहमति गरेपछि उद्योगीले आन्दोलन फिर्ता लिएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल एलपी ग्यास उद्योग संघबिच मंगलबार ग्यासमा कमिसन बढाउनेलगायत पाँचबुँदे सहमति भएको हो । नेपाल आयल निगमले उद्योगीको कमिसन बढाइए पनि ग्यासको मूल्य यथावत् नै रहने जनाएको छ । अर्थात् ग्यासको मूल्य प्रतिसिलिन्डर १९ सय १० रुपैयाँ नै पर्नेछ । 

एपली ग्यास उद्योग संघले विभिन्न माग राखी गर्दै आएको आन्दोलनले ग्यास आपूर्तिमा समेत समस्या भइरहेको थियो । संघले राखेका माग सम्बोधन गर्ने सहमति भएकाले विरोधका सम्पूर्ण कार्यक्रम मंगलबारदेखि नै फिर्ता लिने र सबै ग्यास उद्योगीले निगमबाट नियमित पिडिओ लिई एलपी ग्यास आपूर्ति सहज बनाउने सहमतिपत्रमा उल्लेख छ ।

‘निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगहरूको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साबिकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा संघका पदाधिकारीहरूलाई जानकारी गराइयो,’ सहमतिमा भनिएको छ । 

See More On

सुझावित समाचार