सुर्खेतबाट कर्णालीका तीन जिल्लामा तारा एयरको उडान सुरु

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण

सुर्खेत विमानस्थलबाट कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरले उडान सुरु गरेको छ।  हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो।

हप्ताको दुई दिन तारा एयरले ती जिल्लामा उडान भर्नेछ । बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा विमानस्थलमा उडान गर्ने तारा एयरलाइन्स, नेपालगन्जका स्टेसन इन्चार्ज सूर्यमणि सुवेदीले जानकारी गराए। उनका अनुसार सुर्खेत–सिमीकोट आठ हजार, सुर्खेत–रारा ६ हजार पाँच सय र सुर्खेत–जुम्ला ६ हजार पाँच सय भाडा निर्धारण गरिएको छ । 

सुर्खेतबाट कर्णालीका तीन हिमाली जिल्लामा हिमाली टुर्स एन्ड ट्राभल्सले उडानको जिम्मा दिइएको छ।  हवाई सेवा सुरु भएसँगै स्थानीय लाभान्वित हुनुका साथै आन्तरिक पर्यटक प्रवर्द्धनमा पनि सहयोग पुग्ने  हिमाली ट्रर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक मीनबहादुर रावलले बताए ।

सुझावित समाचार