मनहरीमा १८ महिने बालकको कुलोमा डुबेर मृत्यु

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुरको मनहरीमा १८ महिने बालकको कुलोमा डुबेर मृत्यु भएको छ। मकवानपुर प्रहरीका अनुसार मनहरी गाउँपालिका– ६ प्रतापपुरका श्याम प्रजाका १८ महिने छोरा सामुयलको बुधबार मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरनजिकै खेल्दै जाने क्रममा घरबाट अन्दाजी ५० मिटर टाढा रहेको कुलोको पानीमा सायुयल डुबेको अवस्थामा फेला परेका थिए । निजको बुबा श्यामले देखेर उपचारका लागि मनहरी अस्पतालमा उपचारका लागि पुर्याएका थिए । 

उपचारको क्रममा सामुयलको मृत्यु भएको थियो। घटनाबारे थाहा पाएपछि पुगेको इलाका प्रहरी कार्यालय मनहरीको टोलीले घटनाबारे सोधपुछ गरी अनुसन्धान थालेको मकवानपुर प्रहरीले जनाएको छ ।

सुझावित समाचार