आठ वर्षपछि हङकङमा गुन्जिँदै ‘मंगोलियन हार्ट’

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

चर्चित सांगीतिक ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा गुन्जिने भएको छ। अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई र आबुधबीपछि मंगोलियन हार्टले हङकङको युन लोङ थिएटरमा १५ सेप्टेम्बरमा बृहत् कन्सर्ट गर्ने भएको हो।

ब्यान्डका म्यानेजर एवं गितारिस्ट बबी लामाले हङकङमा ८ वर्षपछि फेरि कन्सर्ट गर्ने मौका जुरेकाले विशेष तयारी गरिरहेको बताए।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको लोक, स्लो रक, पप मेलोडी यो ब्यान्डमा गायक राजु लामासहित रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापामगर, लिड गितारमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्। 

कन्सर्टलाई नेपाली टच हङकङले आयोजना गर्न लागेको हो। कन्सर्टमा मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोस पुन र आस्मा विश्वकर्माले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ। सांगीतिक यात्राका लागि मंगोलियन हार्टको टिम बुधबार सेप्टेम्बर ११ मा हङकङ प्रस्थान गर्नेछ।

सुझावित समाचार