सांसद श्रेष्ठको प्रश्न– खेलाडीले पार्टीको झन्डा बोक्नुपर्ने हो ? [भिडियाेसहित]

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

पूर्वखेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले खेलकुदमा फोहोरी राजनीति बन्द गर्न आग्रह गरेका छन् । राखेपमा मन्त्रीको ठाडो हस्तक्षेपमा पार्टीको क्याडरलाई नियुक्त गरिएको विषयमा असन्तुष्टि जनाउँदै सांसद श्रेष्ठले खेलाडीको सम्मानमाथि खेलबाड नगर्न आग्रह गरे।

‘सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् संगिना वैद्य। तर, राष्ट्रिय खेलकुल परिषद्को निर्देशक पदको बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिनुपर्ने अवस्था हुनु गम्भीर र लज्जास्पद विषय हो । राज्यले पहिलोपटक महिला निर्देशक पाउँदै थियो । तर,  मन्त्रीको ठाडो हस्तक्षेपले पार्टीका क्याडरलाई नियुक्त गर्नु कानुनको उल्लंघन र अपमान हो । संगिनाजस्ता खेलाडीले अब खेल खेल्दा राष्ट्रको झन्डा नभई पार्टीको झन्डा बोक्नुपर्ने हो सभामुख महोदय ?’ उनले प्रश्न गरे।

खेलकुदमन्त्री तेजुलाल चौधरीकाे ठाडो हस्तक्षेपमा तल्लो वरीयताका सोभितराज प्रसाईं राखेप तालिम तथा प्रशिक्षण विभाग निर्देशक नियुक्त भएपछि संगिना वैद्यले उपनिर्देशक पदबाट राजीनामा दिएकी थिइन्।

सुझावित समाचार