विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

शुक्रबार, २९ असार, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावका लागि दुई घण्टा निर्धारण गरेका छन्। छलफलपश्चात् मत विभाजनका आधारमा मतदान हुनेछ । 

सुझावित समाचार