पोखरामा टिभिएसको नयाँ सोरुम सञ्चालनमा

बिहिबार, २८ असार, २०८१
डिजिटल संस्करण

पोखरामा टिभिएसको नयाँ सोरुम सञ्चालनमा आएको छ । सोरुमको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन् । 

नेपालका लागि टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्स रहेको छ । पोखराका लागि क्षेत्रीय विक्रेता स्क्वायर मोटर्सका सञ्चालक विनोद पोटेले गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धताका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रूपमा स्थापित भएको बताए ।

मोटरबाइक र स्कुटरको आवश्यकता पूरा गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको सोरुममा टिभिएसका विभिन्न मोडेलको प्रदर्शनसँगै बिक्री, पार्टस् र सवारीसाधन मर्मत–सम्भारसहितका सेवा प्रदान गर्ने उनले बताए । सोरुम नयाँबजार रहे पनि स्पेयर पार्टस् र सवारीसाधन मर्मत–सम्भार पोखरा– ५ पस्र्याङमा रहेको कक्षबाट सेवा प्रदान गर्ने पोटेले जानकारी दिए । 

सुझावित समाचार