भेलले बगाउँदा हेटौँडामा बालिकाको मृत्यु

बिहिबार, २८ असार, २०८१
डिजिटल संस्करण

हेटौँडामा खहरे खोलामा आएको भेलले बगाउँदा बुधबार एकजना बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– १८ बरौलीका धनबहादुर बलकी १० वर्षीया छोरी रसमती बल रहेकी छिन् ।

मकवानपुर प्रहरीका अनुसार  बुधबार दिउँसो खेतमा जान खोला तर्ने क्रममा रसमतीलाई बरौली खोलामा आएको भेलले बगाएको थियो । 

भेलले  बगाएर रसमतीलाई झन्डै पाँच सय मिटर तल पुर्याएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले रसमतीको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाको अनुसन्धान थालिएको बताए ।

सुझावित समाचार