नारायणी नदी किनारमा सडेगलेको अवस्थामा तीनजनाको शव फेला

मंगलबार, २६ असार, २०८१
डिजिटल संस्करण

नवलपुरको गैँडाकोट– १ नारायणी नदीमा तीनजनाको शव फेला परेको छ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट– १  मजुवा सामुदायिक वननजिक नारायणी नदी किनारमा दुई पुरुष पुरुष र एक महिलाको शव सडेगलेको अवस्थामा भेटिएको हो । शव अहिले नारायणी नदीमै  छ । 

अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य भइरहेको छ। शवको पहिचान हुन सकेको छैन। उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार