सुदूरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्षमा विके नियुक्त

सोमबार, ७ जेठ, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश विके नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विकेलाई उपाध्यक्ष नियुक्त गरेका हुन्।

नवनियुक्त उपाध्यक्ष विकेले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री सोडारीले उनलाई शपथ गराए।

विके हाल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हुन्। उनी राजनीतिसँगै लामो समयदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशील थिए। 

सुझावित समाचार