सैनिक यू– १६ च्याम्पियन

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

सैनिक आवासीय महाविद्यालयले मोक्षदा स्कुललाई डकवर्थ लुइस पद्धति (डिएलएस)का आधारमा १० विकेटले पराजित गर्दै जयकुमारनाथ शाह स्मृति यू– १६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं क्रिकेट एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको आइतबार भएको फाइनल वर्षाका कारण दोस्रो इनिङ नाै ओभरमा सीमित गरिएको थियो । सैनिकले नयाँ लक्ष्य ७० रन पाएको थियो । सैनिकले ६.५ ओभरमा कुनै पनि विकेट नगुमाई लक्ष्य पूरा गर्यो । 

मूलपानी क्रिकेट मैदानमा सैनिकका लागि रमन गिरीले अविजित ३५ र रोजल खड्काले ३३ रन बनाए । टस हारेर ब्याटिङ गरेको मोक्षदाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४२ रन बनाएको थियो । मोक्षदाका लागि संयम नेपालले ३७, नीतीश बुढाथोकीले २४ र आलोक शाहले २२ रन बनाए । यसअघि सेमिफाइनलमा सैनिकले एन्जलहार्टलाई ८८ र मोक्षदाले डिएभी स्कुललाई १२ रनले हराउँदै फाइनलमा स्थान बनाएका थिए । उपाधिसँगै सैनिकले एक लाख ५० हजार र उपविजेता मोक्षदाले ७५ हजार रुपैयाँ पाएका छन् । 

१६ टोली सहभागी प्रतियोगितामा एन्जल्सका युवराज खत्रीले सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै २० हजार रुपैयाँ पाए । उत्कृष्ट बलर मोक्षदाका इशान शाह भए । मोक्षदाकै संयम उत्कृष्ट ब्याट्सम्यान भए । दुवैले जनही १० हजार रुपैयाँ पाएका छन् । इमर्जिङ खेलाडी सैनिकका सफल पौडेल भए ।

सुझावित समाचार