राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माकाे उम्मेदवारी दर्ता

सोमबार, २८ फागुन, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।

सत्तागठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी प्रस्तावक र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।

यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन्।

मंगलबार राष्ट्रिय सभा अध्यक्षकाे निर्वाचन हुँदै छ। 

सुझावित समाचार