मिटरब्याज र लघुवित्तपीडितहरूको प्रदर्शन

शनिबार, १२ फागुन, २०८०
डिजिटल संस्करण

काठमाडौंमा मिटरब्याज, लघुवित्त तथा सहकारीपीडितहरूले आन्दोलन चर्काएका छन् । विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडितहरूले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा न्याय माग्दै धर्ना दिएका छन् ।

सिंहदरबार घेर्न अघि बढेका उनीहरूलाई प्रहरीले रोकेको थियो । निषेधित क्षेत्र भन्दै प्रहरीले प्रदर्शनीमार्गमा रोकेपछि उनीहरू त्यहीँ सडकमा बसेका हुन् । उनीहरूमध्ये केहीलाई भृकुटीमण्डपको समाज कल्याण परिषद्को भवनमा राखिएको छ ।

सुझावित समाचार