राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

बिहिबार, १० फागुन, २०८०
डिजिटल संस्करण

राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघन्ट उद्घाटनका लागि बागलुङमा

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आएका छन् । हिजोदेखि यहाँ प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आएका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरे।

राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघन्ट उद्घाटनका लागि बागलुङ आएका हुन् । पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ । बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति पौडेलले पूजाअर्चना गर्ने कार्यक्रम छ ।

पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यहाँ महाघन्ट राखिएको छ । ०७१ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता महाघन्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिसमहल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन्।

पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघन्ट राखिएको छ । महाघन्ट बनाउन करिब  दुई करोड खर्च लागेको अनुमान गरिएको छ ।     

 
 

सुझावित समाचार