कप्तान रोहितले पहिलो बलमै लिए विकेट, नामिबियालाई दोस्रो झड्का

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण
कप्तान रोहितले पहिलो बलमै लिए विकेट, नामिबियालाई दोस्रो झड्का

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियालाई दोस्रो झड्का लागेको छ । कप्तान रोहितकुमार पौडेलले आफ्नो पहिलो स्पेलको पहिलो बलमै नामिबियाका ओपनर जेपी कोट्जेलाई बोल्ड गरे । 

पाँच ओभरको खेल सकिँदा नामिबियाले दुई विकेटको क्षतिमा २२ रन बनाएको छ । यसअघि ओपनर निकोलास डबिन व्यक्तिगत आठ रनको अवस्थामा रनआउट भएका थिए । 

अर्का ओपनर जेपी कोट्जेसँग रनिङ विटविन द विकेटमा तालमेल नमिल्दा निकोलास र कोट्जे क्रिजको एउटै साइडमा पुगेका वेला दीपेन्द्रसिंह ऐरीको थ्रोमा सोमपाल कामीले विकेट उठाइदिएका हुन् ।

सुझावित समाचार