संसद्का नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ

बुधबार, २४ माघ, २०८०
डिजिटल संस्करण

संघीय संसद्का नवनियुक्त महासचिव पदमप्रसाद पाण्डेयले शपथ लिएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए। 

गत २५ मंसिरमा सिफारिस भएका पाण्डेय करिब दुई महिनापछि संसद्को महासचिव नियुक्त भएका हुन्। महासचिवबाट डा. भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेयलाई सिफारिस गरिएको थियो।

सुझावित समाचार