एआई कहाँ टुंगिन्छ र, हामी सुरु हुन्छौँ ?

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

एआई कहाँ टुंगिन्छ र हामी सुरु हुन्छौँ ? म यो प्रश्न अर्थात् मेसिन र मानिसको सिर्जनाबीचको धर्साबारे लामो समयदेखि सोचिरहेको छु । मेरो कलामा चित्र बनाउनका लागि धर्सा आधारभूत कुरा हो । तर, जब यी धर्साहरू नै मेसिनबाट बन्छन् भने के हुन्छ ? सन् २०१५ मा मैले आफ्नो सहसिर्जना यात्रा थालेँ । २० वर्षभन्दा बढी समयका चित्रहरूलाई स्क्यान गर्न मैले बनाएको स्मार्ट कम्प्युटर प्रणाली ‘न्युरल नेटवर्क’बाट दुई वर्ष लाग्यो ।

न्युरल नेटवर्कले डिओयुजी (ड्रइङ अपरेसन्स युनिट : जेनेरेसन २) को गतिविधिहरूलाई सञ्चालन गर्छ । मैले आफूसँगै चित्र कोर्नका लागि यही रोबर्ट बनाएको छु । हामीले सन् २०१७ मा आफ्नो डेब्यु ग¥यौँ । अहिले मैले उदीयमान प्रविधि (बायोसेन्सर्स, कम्प्युटर भिजन, भर्चुअल रियालिटी, कस्टुम मेसिनलगायत)बारे निरन्तर ज्ञान लिइरहेको छु । झन्डै एक दशक भइसकेको छ । मलाई अनौठो लाग्छ, यी सबै प्रविधि अख्तियार गरेर काम गर्दा मानिसको हातको हाल के हुन्छ ?

कोभिड–१९ यताका वर्षहरूमा मैले त्यस्ता साथीहरू भेटेको छु, जसले मोहभंग वा कुनै व्यावहारिकता नदेखेर, दुवै कारणले चित्र कोर्न छाडेका छन् । ननपंmग्बिल टोकन, क्रिप्टो करेन्सी र जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमको डिजिटल आर्ट मार्केट (चित्र कोर्न सक्ने विधि) बढेकाले नयाँ पुस्ताका डिजिटल कलाकार पनि यत्रतत्र देखिन्छन् । मैले नयाँ स्टुडियोहरू खुल्दै र फक्रँदै गरेको देखेको छु ।

चित्र कोर्नका लागि यो अनौठो समय हो । सन् २०२३ मा उद्योगहरूमा क्रान्ति देखियो । अमेरिकामा स्क्रिन राइटर (पटकथाकार)हरूले एक सय ४८ दिनसम्म हडताल गरे, चित्रकारहरूले आफ्नो स्वीकृतिविना एआई ट्रेनिङ डाटा प्रयोग गरिएको भन्दै निन्दा गरेको देखियो । अनुसन्धानकर्ताहरूले एआईमा हुन सक्ने पूर्वाग्रहको खतराबारे सावधानी गराएको कुरा नौलो होइन । यो त धेरैलाई थाहा छ ।

अर्कोतर्फ, धेरै भाषामा काम गर्न सक्ने ओपन एआईको च्याट जिपिटीजस्ता प्लाटफर्मका लागि डाटा संकलन गर्न लाग्ने भित्री लागतबारे सबैले बुझ्न सक्दैनन् । यो अर्को समस्या हो । यही समय प्रम्प्सलाई तस्बिर जेनेरेसनसँग कनेक्ट गर्ने कोडिङ गर्ने कार्यले शब्द र तस्बिरबीचको नयाँ सम्बन्धलाई लोकप्रिय बनाएको छ ।

अहिलेसम्मकै सबैभन्दा धेरै मानिसले भिजुअल मिडियमबाट सम्पर्क गरिरहेका छन्, कोर्ड लर्निङका लागि यो नयाँ प्रस्थानबिन्दु हो । च्याट जिपिटीले कुराकानीका लागि सहयोग गर्न सक्छ । यसले एआई प्रणाली र मानिसबीच सम्बन्ध बनाउन सहयोग गर्न सक्छ । सबै प्रचारसँगै यो भुल्न सजिलो छ कि यहाँ कुनै एकल आर्टिफिसियल इन्टेलिजेन्स छैन, किनकि यहाँ कुनै एकल प्राकृतिक बौद्धिकता पनि छैन ।

रचनात्मक उत्प्रेरकका रूपमा सिस्टममार्फत सिक्ने आफ्नो दृष्टिकोणबारे म सोच्न थाल्दै छु । यसलाई बुद्धिमान मान्ने या अन्यथा नै । डेटामा अर्थ त छ । तर, यो हामीलाई दिइएको अर्थ होइन, यो त हामीले बनाउने अर्थ हो । मेरा हकमा अर्थ–निर्माण र प्रयोग एकसाथ अघि जान्छन् । ‘प्रोसेस स्टडी : स्ट्रक्चर फ्रम मोसन’मा म वातावरणलाई क्याप्चर गर्ने नयाँ तरिकाबारे प्रयोग गर्दै छु ।

सोग्वेन चुङको ‘गाउसियन स्प्लाटिङ’ शैलीले निर्माण गरेको तस्बिर । ‘प्रोसेस स्टडी–स्ट्रक्चर फ्रम मोसन’मा देखिएको ।

यो प्रविधिलाई ‘गाउसियन स्प्लाटिङ’ भनिन्छ । यसले गतिबाट संरचना प्राप्त गर्छ । वस्तुहरूलाई सघन प्रतिनिधित्व प्रदान गर्छ । मेरो नजरमा चित्रकला र डरलाग्दा भिजुअल कल्पना पनि उत्पन्न गर्छ ।

भविष्यमा यसको सम्भाव्यता (इम्बोडिड एआईको अनुप्रयोग) तथा वर्तमानमा यसको प्रभाव देखेर म यस दृष्टिकोणप्रति आकर्षित भएको हुँ । यसले डिजिटल प्रतिनिधित्वको अपूर्णता र सिस्टमको आफ्नो प्रकारको सुन्दरता महसुस गराउँछ । 

सुन्दरता र नाजुकताका थिमहरू मेरो प्रयोगका आधार हुन् । प्रायः यसमा मेसिनसँग चित्र बनाउन समय र स्पेस सेयर गर्ने गरिन्छ । मैले यो परिवर्तनलाई प्रस्तुति, फिल्म र मेरा स्टुडियोका शब्दचित्रमा संग्रहित गरेको छु । मेरा लागि चित्रकला यो संसारमा रहने माध्यम हो । मैले आफू वा मेसिमार्फत चित्र कोर्दाको सिर्जनात्मक प्रक्रियाले मलाई प्रविधिसँगै मेरो शारीरिक चरित्रसँग संलग्न गराउँछ ।

सुधारको प्रक्रियालाई देखाउने क्रममा आत्मपरीक्षणको स्पेस पनि मिल्छ । मैले भर्खरै मात्र आफ्नो रोबोटिक यात्राको पाँचौँ जेनेरेसन सकेँ । अझै पनि मलाई यस्तो प्रकारको कला भर्खरै सुरु गर्दै छु भन्ने महसुस हुन्छ । कलामा प्रविधिको भूमिका र त्यसमा हाम्रो बुझाइबारे पनि मलाई यस्तै महसुस हुन्छ ।

मिमिक्रीदेखि मेमोरीसम्म । ग्रामीण वातावरणको संकलनदेखि बायोफिडब्याकको इस्पेक्ट्रालिटीसम्म, हरेक पुस्ताले नयाँ प्राविधिक समाधान निकाल्छ, जसले मानिस र मेसिनबीचको सम्बन्धलाई थप बलियो बनाउँछ । हरेक विकाससँगै म आफूसँग जवाफभन्दा प्रश्न धेरै पाउँछु ।

आफ्नो स्टुडियोमा रोबोटिक युनिटसँगको सहकार्यमा पेन्ट गर्दा यी तनावहरूमध्ये केही पेन्ट गरिएको धर्सा क्यान्भासमा भिजुअल अब्जेक्टका रूपमा पुग्नेछन् भनेर म आशावादी हुन्छु । मानिसले जब मेरो कामबारे प्रतिक्रिया दिन्छन् । त्यतिवेला प्रायले मलाई सोध्छन्, ‘के एआई सिर्जनात्मक हुन सक्छ ?’ तर, अहिले आएर म अनिश्चित छु– के यो हामीले सोध्नुपर्ने प्रश्न हो ।

AI in painting
सोग्वेन चुङले निर्माण गरेको रोबर्टले उनलाई एक चित्र तयार पार्न सघाउँदै ।

सामाजिक र राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया देखाउने लाभ चित्रकारहरूलाई हुन्छ । मैले प्रकृतिबाट प्रेरित भएर वैकल्पिक स्वरूपका मेसिन डिजाइन गरिरहेको छु, मानिस र मेसिनको सम्बन्धलाई पर्यावरण चक्रको एक हिस्सा मानेर ।

यी स्वरूपहरू बनाउन कोरिएको धर्सा निरन्तर सधैँ केन्द्रमा रहन्छ । यो त्यही धर्सा हो, जसले मेसिनले कसरी क्याटालिस्टका रूपमा, को–पाइलटका रूपमा र एउटा साथीका रूपमा भूमिका खेल्छ भन्ने विषयलाई अनौठो मानेर मानव र मेसिनको सहकार्यको सम्भाव्यता खोजी गर्छ ।

पछिल्ला दशकमा मैले यो यात्राका क्रममा कलाले राम्रो प्रश्न सोध्न सिकाउँछ भन्ने सिकेको छु । के त्रास र आशा मस्तिष्कमा एकै समय सहजीवी रहन सक्छन् ? एकैपटकमा प्राविधिक सिफ्टको प्रतिबद्धता, धम्की र शंकालाई हामीले कसरी समात्न सक्छौँ ? एआई कहाँ टुंगिन्छ र हामी सुरु हुन्छौँ ? –न्युयोर्क टाइम्सबाट

(चुङ चिनियाँ–क्यानेडेली कलाकार तथा सिलिसेट (मानिस र मेसिनबीचको सहकार्यबारे परीक्षण गर्ने लन्डनस्थित स्टुडियो)की संस्थापक र आर्टिस्टिक निर्देशक हुन्)

सम्पादकको रोजाइ

सुझावित समाचार