योजना आयोगको सदस्य संख्या थपियो

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण

सरकारले दलीय भागबन्डा व्यवस्थापन गर्न राष्ट्रिय योजना आयोगमा सदस्य संख्या थपेको छ । हालसम्म ६ जनाको संख्या तोकिएकोमा बढाएर सातजना पुर्याइएको छ । सरकारले बिहीबार राजपत्रमार्फत राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन)को आदेश संशोधन गर्दै सदस्य संख्या बढाएको हो ।

संशोधनअनुसार कम्तीमा एकजना महिलासहित बढीमा सातजना सदस्य रहने व्यवस्था गरिएको छ । ०७४ मा यो आदेश लागू हुँदा सदस्य संख्या चारजना राख्न पाइने व्यवस्था थियो । हाल आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ, सदस्यमा डा. रामकुमार फुँयाल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, प्रा.डा. आरपी बिछा, डा. रमेशचन्द्र पौडेल र डा. अनिता शाह ढुंगाना छन् ।  

सुझावित समाचार