सन्दीप लामिछाने निलम्बित

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण

अदालतबाट बलात्कारी ठहरिएका सन्दीप लामिछानेलाई  नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गर्दै आठ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट तीन लाख जरिवानासहित पीडितलाई पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै क्यानले अदालतको निर्णय पालन गर्दै उनलाई निलम्बन गरेको जनाएको छ । 

जिल्ला अदालत काठमाडौंले ०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै उनलाई १३ पुसमै दोषी ठहर गरेकोमा बुधबार सजाय सुनाएको हो । 

सुझावित समाचार