सडक दुर्घटनामा दुईजनाको मृत्यु

सोमबार, ९ पुष, २०८०
डिजिटल संस्करण

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। 

रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा.६०प ३५४५ नम्बरको मोटरसाइकललाई आज बिहान सुनकोशी गाउँपालिका बोहोरेटार– ३ मा ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बस्ने खोटाङ जिल्ला दिक्तेल नगरपालिका– १० रूपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।

खोटाङ जिल्ला तुवाचुङ नपा– २ का मोटरसाइकलचालक कुमार राईको भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुनकोशी गाउँपालिका– ३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए। 

मन्थली नपा वडा नम्बर १३ फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। रासस 
 

See More On

सुझावित समाचार