‘राष्ट्रिय हितमा कटिबद्ध व्यक्तिहरूलाई छानबिन समितिमा राखिएको छ’

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण
‘राष्ट्रिय हितमा कटिबद्ध व्यक्तिहरूलाई छानबिन समितिमा राखिएको छ’

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हितमा कटिबद्ध व्यक्तिलाई छानबिन समितिमा राखिएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा एनसेल खरिद–बिक्री प्रकरणमा उठेका विषयमा जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो प्रस्टीकरण दिएका हुन्।

महालेखाको प्रतिवेदनमा एनसेलको करको विषय हटाउने तत्कालीन महालेखा परीक्षकलाई नै छानबिन समितिको संयोजक बनाइएको भन्दै सांसदहरूले प्रश्न गरेका थिए। 

जवाफमा प्रधानमन्त्रीले भने, ‘टंकमणिलाई संयोजक बनाउँदा प्रश्न उठ्यो। तर, सहज जवाफ छ। पहिला बेरुजु देखाएको महालेखाले अर्कोपटक हटायो भन्ने आएको छ। तर, यो हटाएको छैन। ६०औँ वार्षिक प्रतिवेदनले नाै खर्बभन्दा बढीको बेरुजुमा एनसेलको बेरुजु पनि समावेश भएको रहेछ। अनुसूचीमा जाने रहेछ।’

प्रस्ट कार्यादेश पाएको समितिमाथि शंका गर्ने ठाउँ नरहेको दाबी गर्दै उनले भने, ‘सचिव फणीन्द्र गौतमले एनसेल प्रकरणमा मुद्दा जिताउनुभएको थियो। यस्ता व्यक्तिलाई समितिमा राखिएको छ। राष्ट्रिय हितमा कटिबद्ध व्यक्तिलाई छानी–छानी समितिमा राखिएको छ।’

सुझावित समाचार