काठमाडौं महानगरमा यसरी हुँदै छ फुटपाथ सुधार [तस्बिरहरू]

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले अहिले विभिन्न स्थानमा फुटपाथमा इँटा लगाउने तथा ढल निकासको काम गरिरहेको छ। ढल निकासमा समस्या भएका ठाउँहरूमा ढल व्यवस्थापनका साथै फुटपाथ पनि मर्मत भइरहेको छ।

काठमाडौंको प्रदर्शनीमार्ग, सिनामंगल, पुरानो बानेश्वर, पुतलीसडकलगायतका ठाउँहरूमा अहिले काम हुँदै छ। फुटपाथ सुधार एवं निर्माणका लागि काठमाडौं महानगरले करिब दुई अर्ब खर्चँदै छ।

महानगर, सडक विभाग, खानेपानी, विद्युत् प्राधिकरणलगायतका निकायबीच समन्वय नहुँदा भने काठमाडौंमा सडक र फुटपाथ बारम्बार भत्काउने र बनाउने भइरहन्छ।

तस्बिरहरू :

यो पनि पढ्नुहोस् : बेवारिसे बन्दै विद्युत् तार भूमिगत अभियान

सुझावित समाचार