संघीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी पाण्डेयलाई

बुधबार, २७ मंसिर, २०८०
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले संघीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई  दिएका छन्। 

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्। 

सुझावित समाचार