भूकम्प प्रभावितलाई एमाले बागमती प्रदेशले पाँच लाख ७० हजार दिने

सोमबार, २० कार्तिक, २०८०
डिजिटल संस्करण

एमाले बागमती प्रदेशको संसदीय दलले जाजरकोट भूकम्पपीडितहरूका लागि सहयोग रकम उपलब्ध गराउने भएको छ । भूकम्पमा परी जनधन गुमाएका जाजरकोट र रुकुम पश्चिमका नागरिकको पुनर्स्थापनाका लागि पाँच लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए । 

एमाले बागमती प्रदेश संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीका तर्फबाट उक्त रकम सरकारको राहत कोषको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए । 

विपतमा परेका नागरिकलाई थोरै भए पनि आ–आफ्नो स्थानबाट सहयोग गरिनुपर्ने महसुस गर्दै तत्काललाई उक्त रकम उपलब्ध गराउने निर्णय नेता थपलियाको भनाइ छ । बागमती प्रदेश सभामा एमालेका २७ जना सदस्य रहेका छन् ।
 

सुझावित समाचार