धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष ढकाल सम्मानित

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

 धितोपत्र ब्रोकर एसोसिएसन तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेका अध्यक्ष सागर ढकाल योङ इन्टरपे्रनर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशीलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पु¥याएबापत ढकाललाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड’अन्तर्गतको ‘योङ इन्टरप्रेनर्स अवार्ड’ प्रदान गरिएको हो । 

सिजन मिडियाको आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्मानसहित उक्त अवार्ड प्रदान गरेका हुन् । युवा उद्यमी ढकाल, व्यावसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । उनको पर्यटन, कृषि, वित्त, सूचना प्रविधि, हस्पिटालिटी, कानुनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसायलगायतका थुप्रै क्षेत्रमा संलग्नता रहेको छ । 

ढकालले पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मुख्य व्यवसाय बनाएर अघि बढेका छन् । उनकै पहलमा १६ वर्षपछि पहिलोपटक नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाउन सफल भएका थिए भने यस क्षेत्रमा रहँदै आएको सिन्डिकेटसमेत तोडिन पुगेको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका केन्द्रीय सदस्यसमेत हुन् ।

ढकालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्तीर्ण गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाटै कानुनशास्त्रमा स्नातक गरेका छन् । कानुन व्यवसायीसमेत रहेका ढकाल पाटन उच्च बारका कार्यसमिति सदस्य हुन् । हाल उनी त्रिभुवन विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गरिरहेका छन् । 
 

सुझावित समाचार