राजधानीकेन्द्रित आन्दोलनमा स्थानीय तहका कर्मचारी [तस्बिरहरू]

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण

सेवाको सुरक्षा माग गर्दै स्थानीय तहका कर्मचारीहरूले सोमबारदेखि संघीय राजधानी काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेका छन्।

निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीसमेत समेटिनुपर्नेलगायत विभिन्न माग राख्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको हो।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्नेलगायत उनीहरूको माग छ।

तस्बिरहरू :

सुझावित समाचार