उदयपुरमा डेंगु संक्रमणबाट एकको मृत्यु

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

उदयपुरको बेलका नगरपालिका– ५ खारखोलाको एक पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको छ। 

खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेंगुको संक्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए।  

गत सातादेखि डेंगु संक्रमणबाट सिकिस्त बिरामी भएका लिम्बूलाई बेलटार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो। 

घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालको आइसियूमा राखिएको थियो।

लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा देखिएको डेंगु संक्रमणबाट हालसम्म तीनजनाको मृत्यु भएको छ भने झन्डै एक हजारको हाराहारीमा संक्रमित भइसकेका छन्।
 

See More On

सुझावित समाचार