लमजुङको बेँसीसहरमा तिज उत्सव

मंगलबार, २ असोज, २०८०
डिजिटल संस्करण

लमजुङको बेँसीसहरमा हरितालिका तिजको अवसरमा १८ औँ तिज उत्सव कार्यक्रम २०८० सम्पन्न भएको छ। बेँसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका आयोजना गरी तिज उत्सव २०८० आयोजना गरेको हो। 

क्लबका निवर्तमान अध्यक्ष जुन तामाङले  हरेक वर्ष क्लबले विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि तिज उत्सव गरिएको बताए। उनले भने तिज उत्सवले समाजमा लुकेर रहेका महिलाको प्रतिभा उजागर गरी महिला जागरणका साथै महिला सशक्तीकरणमा सघाउ पुर्याउनेछ। 

विगत बर्ष देखि तीजमा क्लबले प्रतियोगिता सञ्चालन गर्दै आएको लमजुङ मर्स्याङ्दी युवा क्लबका सचिव रियाज मियाले बताए।  तीज उत्सवमा नृत्य तथा मौलिक भाकामा तीज गित प्रतियोगिता गरिएको थियो । मौलिक तीज गित प्रतियोगितामा बेसीशहरको फूलबारी आमा समूह प्रथम र कर्पुरेश्वर आमा समूह द्धितीय भएका छन् ।

बेसीशहरको फूलबारी मञ्चमा आयोजना गरिएको कार्यक्रममा  गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल र क्लवका अध्यक्ष विजय श्रेष्ठले विजयी टिमहरुलाई पुरस्कार वितरण गरेका थिए ।कार्यक्रममा राष्ट्रिय कलाकार  तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेको थियो ।

See More On

सुझावित समाचार