रुससँग सम्बन्ध विकास गर्नु उच्च प्राथमिकता : किम जोङ

बुधबार, २७ भदौ, २०८०
डिजिटल संस्करण

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शिर्ष नेता किम जोङ उनले रुससँग उत्तर कोरियाको सम्बन्ध विकास गर्नु आफ्नो लागि उच्च प्राथमिकताको विषय भएको बताएका छन्। 

बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले रुस र उत्तर कोरियाको मित्रता गहिरो रहेको भन्दै रुससँगको सम्बन्ध आफ्नो देशका लागि उच्च प्राथमिकतामा रहेको दोहोर्याए। 

नेता किमले रुसको सुदूरपूर्वको अमुर क्षेत्रस्थित भोस्टोचनी स्पेसपोर्टमा रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए। रुसी राष्ट्रपतिलाई आफूलाई भ्रमण गर्न निमन्त्रणा गरेकोमा धन्यवाद दिँदै भ्रमण महत्वपूर्ण समयमा भएको बताए। उनले दिव्पक्षीय वार्ताले सम्बन्धलाई नयाँ उचाइँमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे। 

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री। 
 

सुझावित समाचार