मोरक्को र लिबियाको प्राकृतिक प्रकोपमा इजिप्टले तीन दिन शोक मनाउने

बुधबार, २७ भदौ, २०८०
डिजिटल संस्करण

इजिप्टले मोरक्को र लिबियामा प्राकृतिक प्रकोपका कारण भएको ठूलो जनधनको क्षतिप्रति तीनदिने शोक घोषणा गरेको छ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले मंगलबार मोरक्को र लिबियामा भएको घटनाप्रति तीनदिने शोक मनाउने बताएका हुन्। 

सिसीले मोरक्कोमा भूकम्प र लिबियामा आएको आँधीबाट प्रभावितहरूप्रति समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले सशस्त्र सेनालाई दुवै देशमा मानवीय सहायता पठाउन निर्देशनसमेत दिए। 

सुझावित समाचार