अमरगढी नगरपालिकाका वडासचिव मृत भेटिए

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

अमरगढी नगरपालिकाका वडासचिव मृत भेटिएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका– १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अमरगढी नगरपालिकाकै स्याउलेनजिक उनी खाल्डोमा मृत भेटिएका हुन् । पन्तको से.५प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक नायकले बताए । पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिँदै छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पन्त पहिले वडा नम्बर १० का सचिव थिए । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका– १ हो ।
 

सुझावित समाचार