शरणार्थी नेता पौडेलले मागे सुरक्षा

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण

भुटान पिपुल्स पार्टीका अध्यक्ष एवं भुटानी शरणार्थी नेता बलराम पौडेलले २२ वर्षअघि आफ्ना नेता आरके बुढाथोकीको हत्या भएको परिस्थिति दोहोरिने गरी आफूमाथि धम्की आएको उल्लेख गर्दै जीवनरक्षाका लागि नेपाल सरकारसँग अपिल गरेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारीमार्फत सोमबार दिएको निवेदनमा उनले भुटानी नागरिकलाई लखेटिएको पृष्ठभूमि, आफ्नो स्वदेश आगमन, पार्टी नेताको हत्या भएको सन्दर्भ उल्लेख गर्दै आफूमाथि धम्की आएको विवरण पनि बुझाएका छन् । 

इन्ट्रा फाउन्डेसनद्वारा २ भदौमा काठमाडौंमा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ समापनमा संस्थाका अध्यक्ष डिल्ली अधिकारीले नेपालबाट सन् १९७२ मा भुटानमा नेपालीभाषी गएको अभिव्यक्ति दिएपछि भुटानी समुदायका अगुवा एवं संस्थाले विरोध जनाएका थिए । भुटान पिपुल्स पार्टीका अध्यक्ष पौडेलले पनि अधिकारीको भनाइले जबर्जस्ती खेदिएका र भुटानमा सयौँ वर्षदेखि बस्दै आएका नेपालीभाषीहरूको भावनामा चोट पुगेको भन्दै विरोध जनाएका थिए ।

अमेरिका पुनर्वास भएकाहरूको प्रतिनिधित्व गर्दै ग्रेटर क्लिभल्यान्ड भुटानी समाजको तर्फबाट अध्यक्ष तोयानाथ खतिवडाले अधिकारीको भनाइप्रति खेद व्यक्त गर्दै विज्ञप्ति जारी गरेका थिए । झापास्थित बेलडाँगी शरणार्थी शिविरमा मन्तव्य दिनेक्रममा अधिकारीले इतिहासबारे आफू पनि विज्ञ भएको भन्दै आफ्नो भनाइको बचाउ गरेका थिए । अधिकारी हाल अमेरिका गइसकेका छन् । 

गत बुधबार मध्याह्न अपरिचित मोबाइल नम्बर ९८२८७४३१६६ बाट फोन गरेर बिबी बस्नेत नामका पूर्वभुटानीले धम्की दिएको पौडेलले निवेदनमा उल्लेख गरेका छन् ।

See More On

सुझावित समाचार