डोल्पा नन्दबक्स ब्यारेकका मेजर पण्डित सम्पर्कविहीन

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

डोल्पामा कार्यरत नेपाली सेनाका मेजर सम्पर्कविहीन भएका छन्। सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका मेजर विमल पण्डित आइतबार साँझदेखि बेपत्ता भएका हुन्।

मेजर पण्डित एक्लै दुनैबाट पश्चिमतिर पर्ने त्रिपुराकोट हिनेको र त्यसपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

हिजो साँझ देखिनै नेपाल आर्मी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीले व्यापक खोजी गरे पनि पत्ता लाग्न नसकेको उनले बताए।

उनी आइतबार साझ एउटा सार्वजनिक जिप रिजर्भ गरेर त्रिपुराकोट पुगेको र त्रिपुराकोटस्थित नरलाल रोकायको पसलमा फोन पेमार्फत २६ हजार रकम हाल्दिएर क्यास फिर्ता मागेका थिए।

काठमाडौंमा स्थायी घर भएका मेजर पण्डितले आफू सिटिजन्स बैंकको नयाँ कर्मचारी भनेर बताएको र आफूले बैंकका सबै कर्मचारी चिन्छुभन्दा आलटाल गरेर पसलबाट निस्केको व्यापारी रोकायले बताए।

उनी त्यसपछि उनी त्रिपुरासुन्दरी– १० मा पर्ने लिकुतर्फ गएका थिए । लिकुतर्फ हिँडेको १० मिनेटमै  पुनः फर्केर चुँ गार्ड भन्ने ठाउँमा रहेको एक पसलमा डोरी मागेको र डोरी नभएको बताएपछि उनी त्यहाँबाट हिँडेको बुझिएको छ।

मेजर पण्डित कम बोल्ने स्वभाव र त्यस्तो कुनै मानसिक समस्या नभएको व्यक्ति भएको उनलाई चिन्नेहरू बताउँछन्। उनको सबै सुरक्षा संयन्त्र परिचालन गरेर व्यापक खोजी  भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार