दार्चुलामा एकजना एकल वृद्ध महिला मृत फेला परेकी छिन्। मालिकार्जुन गाउँपालिका– ७ टोपाली टोलकी ८० वर्षीया भागरथी चन्द मृत फेला परेकी हुन्।
उनको मृत्युको कारण खुलेको छैन। अहिले मृतकको घरमा प्रहरी चौकी जोलजीवी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
प्रहरीले घटनाको छानबिनपछि वास्तविकता बाहिर ल्याउने बताएको छ। यद्यपि, स्थानीयले उनको हत्या गरेको आशंका गरेका छन्। मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी छ।