ललितानिवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

बालुवाटारस्थित प्रधानमन्त्रीनिवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै चार पूर्वमन्त्रीसहित दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। 

आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको किर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो। 

त्यस्तै, ललितानिवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ। उनीहरूमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।  
 

सुझावित समाचार