संसद्को गतिरोध तत्काल अन्त्य हुनुपर्छ : रास्वपा

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण
संसद्को गतिरोध तत्काल अन्त्य हुनुपर्छ : रास्वपा

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ। 

सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरिरहेका वेला रास्वपाले भने आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा सदनभित्रै आफ्नो विमतिहरू राखेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिएकाे हाे। 
 
संसद्लाई प्रभावकारी र गतिशील बनाएर सबै विमतिहरू त्यहीँभित्र हल गर्नका लागि आफ्नो पार्टीले बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलसँग आग्रह गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। 

उनले देश र जनतालाई केन्द्रमा राखेर सत्तापक्ष र प्रमुख प्रतिपक्षले सदनलाई प्रभावकारी बनाउन ध्यान दिनुपर्ने पनि बताए।  

सुझावित समाचार