चल्न थाल्यो १०६ वर्ष पुरानो दमकल

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

३८ वर्षदेखि थन्किएको दमकल मर्मत, ‘सात तलामाथिसम्म फाल्न सक्छ पानी’

ललितपुर महानगरपालिकाले ०४२ देखि बिग्रिएर थन्किएको १०६ वर्ष पुरानो दमकल मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको छ । शनिबार पुल्चोकमा उक्त दमकलको परीक्षण गरियो । मेयर चिरिबाबु महर्जन दमकलले पानी छ्यापेको हेर्न पुगेका थिए ।

पुरानो जीर्ण अवस्थामा पुगेको उक्त दमकलले सात तलामाथिसम्म पानी फाल्न सक्ने मेयर महर्जनले बताए । दमकल ललितपुर महानगरभित्र विपत्जन्य कार्यमा प्रयोग गरिने उनको भनाइ छ । ‘निकै पुरानो भएर थन्किएको थियो, तर यसका पार्टपुर्जा निकै राम्रा रहेछन्, मर्मतपछि सञ्चालनमा ल्यायौँ,’ मेयर महर्जनले भने, ‘अब हामीलाई विपतमा प्रयोग गर्न अर्को उपकरण थपिएको छ ।’ 

डेनिस कम्पनीको यो दमकल बेलायत सरकारले तत्कालीन बागमती अञ्चलाधीश कार्यालयलाई नि:शुल्क उपलब्ध गराएको थियो । तर, ०४२ यता महानगरको जुद्ध वारुण यन्त्रको कार्यालय पुल्चोकमा थन्किएको थियो । आफूले बाल्यकालदेखि नै सो दमकल देखेको र प्राविधिकले मर्मत–सम्भार गर्न सक्ने बताएपछि मर्मत गरिएको मेयर महर्जनले बताए । 

See More On

सुझावित समाचार