उपचार गरिरहेको भिडियो मञ्जुरीविना सामाजिक सञ्जालमा नराख्न आग्रह

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्ने गरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ  बिरामीसँग मञ्जुरी नलिई सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ।  

काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने, ‘कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइनेछ।’

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ। रजिस्ट्रार डा.  अधिकारीले  भने, ‘चिकित्सकले पेसागत मर्यादाविपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नुहुँदैन।’

सो नियमावलीविपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरोलगायत निकायबाट कारबाही हुन सक्ने उनले बताए। 

सुझावित समाचार