फिलिपिन्समा क्षमताभन्दा बढी यात्रु सवार डुंगा दुर्घटना, ३० जनाको मृत्यु

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

क्षमताभन्दा धेरै यात्री बोकेको डुंगा फिलिपिन्सको राजधानी मनिलानजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको छ। ४२ जना यात्री क्षमताको उक्त  डुंगामा ७० जना सवार थिए।

तालमा हुरी चलेको र त्यसबाट त्रस्त अधिकांश यात्री डुंगाको एकभागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन्। डुंगामा अन्य यात्री पनि रहेका आशंका गरिएको छ।

बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका वेला बिहीबार अपराह्न उक्त दुर्घटना भएको हो। सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जलयातायात सुरक्षा नियम पालना नहुँदा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन्।

सुझावित समाचार