प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’  पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो।

बैठकमा सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको छ।

सुझावित समाचार