बझाङ दुर्घटना अपडेट : दुईकाे मृत्यु, गम्भीर घाइते मन्त्री सिंहलाई हेलिकोप्टरबाट नेपालगन्ज लगियो

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु भएको हो। 

मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहसहित तीनजनालाई थप उपचारका लागि हेलिकाेप्टरबाट नेपालगन्ज लगिएको छ।

मन्त्रीसहित उनका पिएसओ प्रहरी हवल्दार दीपक भण्डारी र गाडीचालक धर्मराज जोशीलाई हेलिकोप्टरबाट नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवेश चौधरीले बताएका छन्। उनीहरू तीनैजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मन्त्री सिंह सवार आन्तरिक मामिला मन्त्रालयको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँमा दुर्घटना भएको हो। मन्त्री सिंह धनगढीबाट गृहजिल्ला बझाङ जाँदै थिए। 
 

सुझावित समाचार