सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटनामा परेको छ।
धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडानजिक दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा मन्त्री सिंहसँगै उनकी श्रीमती तथा गाडीमा सवार सबै घाइते भएको सुदूरपश्चिम प्रदेशका सांसद ओमविक्रम भाट सरलले जानकारी दिए। घाइतेहरूको देउरा स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भइरहेको छ।
तस्बिर : सामाजिक सञ्जाल