राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले गत २४ गते नै भण्डारीको सरुवा गर्ने निर्णय गरेको थियो।
करिब ४० महिना आयोगको सचिवको रूपमा काम गरेर भण्डारी सोमबार बिदा भए । लामो समय आयोगमै बिताएका सचिव भण्डारी आगामी चैतमा सेवानिवृत्त हुँदै छन् ।
सचिव भण्डारीको सरुवा भएपछि निमित्त सचिवको जिम्मेवारी आयोगका सहसचिव सुमन दाहालले पाएका छन् । आयोगमा सरुवा भइसकेका डा. तोया ज्ञवाली भने आइसकेका छैनन् ।